News in Nepali

अमेरिकाले चीन बारे झुट फैलाइरहेको आरोप

Lumbinikhabar Online

चीनले अमेरिकाका विदेश मन्त्री एन्टनी ब्लिङ्कनले चीनबारे झुटो फैलाइरहेको आरोप लगाएको छ ।

चीनको विदेश मन्त्रालयकी प्रवक्ता हुआ चुनयिंगले ट्वीटरमा भनिन्, ‘चीनका जनता यात्रु विमान दुर्घटनाबाट आहत भइरहेका बेला अमेरिकी विदेशमन्त्रीले चीनमा ‘नरसंहार’ बारे झुटो फैलाइरहेका छन् । यो कति संवेदनहीन हो ।’

अमेरिकाका विदेशमन्त्रीले होलोकास्ट म्युजियमको आठौँ वर्षगाँठमा सोमबार चीनबारे कुरा गर्दै ब्लिङ्कनले भने, ‘मानवाधिकारको हनन गर्नेहरुले यसको नतिजा भोग्नुपर्नेछ । अमेरिकाले चीनभित्र र बाहिर असन्तुष्ट र मानवाधिकारको रक्षा गर्नेहरुको दमनको कोसिसका लागि चीनका थुप्रै अधिकारीमाथि भिसामाथि प्रतिबन्ध लगाएको छ ।’

ब्लिङ्कनको यो टिप्पणीले रिसाएकी चीनको विदेश मन्त्रालयकी प्रवक्ताले भनिन्, ‘एक नजर दिउँ त अमेरिकाले के गरेको छ र उनीहरुले के के गरिरहेका छन् । मूल अमेरिकीविरुद्ध नरसंहार, जातीय भेदभाव र बन्दुकसँग जोडिएको हिंसा । यसबाहेक इराकी र अफगानिस्तानविरुद्ध क्रुरता ।’

हुआ चिनयिङले आफूलाई मानवाधिकारको रक्षक ठान्ने अमेरिकी अधिकारी आफ्नो कल्पनाको दुनियाँबाट जागा हुनुपर्ने बताएकी छिन् ।

 

Tags

छुटाउनु भयो कि ?