News in Nepali

गठबन्धन गर्दा काँग्रेस कमजोर हुन्छ : शेखर कोइराला

Lumbinikhabar Online

नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले गठबन्धन गर्दा काँग्रेस कमजोर हुनसक्ने बताएका छन् ।

विराटनगरस्थित कोइराला निवासमा काँग्रेसको चुनाव लक्षित गीत सार्वजनिक कार्यक्रममा बोल्दै कोइरालाले यस्तो बताएका हुन् ।

उनले भने ‘काँग्रेसको आफ्नै सिद्धान्त छ । राष्ट्रियताको विषयमा छुट्टै छ, हामी उग्रराष्ट्रवादको कुरा गर्दैनौं, प्रजातान्त्रिक समाजवादको विषयमा छुट्टै सिद्धान्त छ, हाम्रो विचार भिन्दै छ, अनि हामी किन गठबन्धन गर्ने ?’, कोइरालाले भने, ‘स्थानीय तहमा त कुनै पनि हिसावले केन्द्रले हस्तक्षेप गरेर गठबन्धन गर्नुहुँदैन भन्ने पक्षमा छु म । कतै स्थानीय स्तरमा त्यहाँका पार्टीहरुले आपसमा कुनै वडा दिएर मिल्दा जित्न सक्ने अवस्था बन्छ भने त्यो बेग्लै कुरा हो ।’

अरु पार्टीका नेतालाई जिताउने जिम्मेवारी कांग्रेसले लिनुपर्ने बताउँदै उनले गठबन्धन गरेर जाँदा काँग्रेस कमजोर हुने तर्क गरे । निर्वाचनमा काँग्रेस जित्नका लागि सबै एकढिक्का हुनुपर्ने उनको भनाइ थियो । उनले काँग्रेस एकढिक्का भए अरूसँग मिल्नै नपर्ने पनि बताए ।

Tags

छुटाउनु भयो कि ?