अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा विष्फोटक पदार्थ राखेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् ।
महानगरीय प्रहरी परिसर, टेकुका अनुसार काँडाघारीमा शंकास्पद वस्तु राखिएको घटनामा संलग्न रहेको भन्दै मणिक लामालाई पक्राउ गरेको हो ।
नेपाल प्रहरीको विशेष ब्यूरोले लामालाई पक्राउ गरेर महानगरीय प्रहरी वृत्त, बानेश्वरको हिरासतमा राखेको छ।
एमसीसीको विरोधमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपासहित ६ दल र दुई मोर्चाको संयुक्त विरोधका बेला काँडाघारमिा शंकास्पद वस्तु राखिएको थियो । थप अनुसन्धान भइरहेको बताइएको छ ।