नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगलाई एउटा पार्टीको पक्षमा काम नगर्न चेतावनी दिएका छन् ।
आइतबार इलामको फिक्कलमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले भने, ‘म निर्वाचन आयोगलाई भन्न चाहान्छु, निर्वाचन आयोगले एउटा पार्टीको पक्षमा काम गर्ने होइन निष्पक्ष भएर काम गर्नुपर्छ’, ओलीले भने, ‘अहिले निर्वाचन आयोगले चुनाव चिन्हमा रङ कुन दिने भन्दा रुखको रङ सवैलाई दिने रे । रुखको रङको पनि हरियो, सूर्यको पनि हरियो पारेर, कस्तो अचम्मको निर्वाचन आयोग देखा पर्यो ?’ काँग्रेसको रुख हरियो पार्न हरियो रङ चाहिएको भन्दै प्रश्न गरे । रङबारे दलहरूसँग निर्वाचन आयोगले परामर्श नगरेकोमा समेत आपत्ति जनाए ।