News in Nepali

स्थानीय तहको चुनावको मतगणनामा सीसीटीभी क्यामेरा जडान गरि केन्द्रबाटै अनुगमन गरिने

Lumbinikhabar Online

आउँदो वैशाख ३० गते हुने स्थानीय तहको चुनावको मतगणनालाई पारदर्शी बनाउन सीसीटीभी क्यामेरा जडान गरेर केन्द्रबाटै अनुगमन गर्ने भएको छ ।

मतदान सम्पन्न भइसकेपछि मतगणना केन्द्रमा मतपेटिकाको भण्डारण र मतगणनालाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन आयोगले देशैभरका मतगणना केन्द्रमा सीसीटीभी क्यामेरामार्फत दृष्य अवलोकन प्रणालीको अनिवार्य प्रयोग गर्ने भएको हो ।

यसका लागि आयोगको आग्रहमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै पालिकालाई पत्राचार गरेर मतगणनास्थल दृष्य अवलोकन प्रणाली ‘भीसीभीएमएस’ को प्रयोग गर्न निर्देशन दिएको छ ।

Tags

छुटाउनु भयो कि ?