त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध विदेशी मुद्रासहित एक युवती पक्राउ परेकी छन् । पक्राउ पर्नेमा गोरखाको बोर्लाङ–८ घर भएकी २३ वर्षीया रन्जिता श्रेष्ठ रहेकी छन् ।
कतार एयरलाइन्सको उडान नम्बर क्यूआर–६४७ मार्फत दोहा हुँदै अष्ट्रेलिया जान लागेकी श्रेष्ठको साथबाट अवैध तरिकाले लुकाएर लैजान लागेको १९ हजार ६ सय अष्ट्रेलियन डलर र ४२ अमेरिकी डलर बरामद गरिएको छ ।
शनिवार पक्राउ परेकी रञ्जितालाई थप अनुसन्धान र कारवाहीका लागी राजस्व अनुसन्धान विभाग हरिहर भवनमा पठाइएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।