नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका नेता कार्यकर्ता पार्टी कार्यालय सानेपामा धर्ना बसेका छन् ।
आइतबार नेविसंघको अविलम्ब महाधिवेशनको माग गर्दै पार्टीका कार्यालय सचिवलाई ज्ञापनपत्र बुझाएर उनीहरु पार्टी कार्यालयमा धर्नामा बसेका हुन् ।
लामो समयदेखि नेविसंघको महाधिवेशन नभएको र विधानअनुसार महाधिवेशनको माग गर्दै उनीहर धर्नामा बसेको बताइएको छ ।