बिबादित गीत ‘पीर’को भिडियोबाट यौनकर्मीको दृष्य हटाइएको छ । गत शुक्रबार राति सार्वजनिक गरिएको गीत बिबादमा आएपछि आज सपुतले उक्त दृष्य हटाएर भिडियो पुनः सार्वजनिक गरेका हुन् ।
पहिले पर्वतनका लागि माओवादी जनयुद्धमा सहभागी भएकी महिलाले अहिले यौन व्यवसाय गर्नु परेको आशय देखिएको भन्दै उक्त दृष्यलाई लिएर माओबादी पत्तिबाट चर्को बिरोध भएको थियो ।
शनिबार रिअपलोड गरिएको भिडियोमा उक्त दृष्य हटाएर उक्त स्थानमा अन्य दृष्य राखिएको छ । माओबादी नेता कार्यकर्ताबाट उत्तः गीत हटाएर माफी माग्न सपुत माथी चर्को दबाब आए पछि सोमबार उनले कसैको भावनामा चोट पुगेको भए आफूले माफी माग्ने बताएका थिए ।