News in Nepali

धर्मनीरपेक्षताले हाम्रो सभ्यता संकटमाः पूर्व प्रधानन्यायाधीश पराजुली

Lumbinikhabar Online

पूर्व प्रधानन्यायाधीश गोपाल प्रसाद पराजुलीले धर्मनीरपेक्षताका कारण नेपालीको सभ्यता नै संकटमा परेको भन्दै हिन्दु राष्ट्र अपरिहार्य भएको बताएका छन् । शनिबार हिन्दु राष्ट्र जागरण अभियानले आयोजना गरेको प्रबुद्व नागरिक गोष्ठी तथा साहित्य विमोचन कार्यक्रममा बोल्दै सभ्यता, संस्कृति र परम्परा नै संकटमा परेको बताएका हुन् ।
‘हामि विस्तारै धर्मबाट अलग हुँदै जाँदा, थिचिदै, मिचिदै र पापि हुँदै गईरहेको र संविधानमा धर्मनिरपेक्षता भन्ने शब्द लेखे पछि अझ मुखरित गरेकोले धर्मनिरपेक्षता भन्ने शब्दले हामीलाई शंकुचनमा पारेको छ,’ पराजुलीले भने । उनले देशलाई संकटमा धकेल्ने गरी परिस्थिति विकास भइरहेको बताउँदै भने, ‘धर्मनिरपेक्षता हामीलाई चाँहिदैन ।’ सरकार हिन्दु राष्ट्र अभियानविरुद्ध प्रस्तुत भएमा आफूहरु पेन्सन छोड्न तयार रहेको तर धर्म , संस्कार र संस्कृति छाड्न नसक्ने बताए । उनले हिन्दु राष्ट्र जागरण अभियानमा सबै लाग्नु पर्नेमा जोड दिए ।
हिन्दु धर्म भन्दा सर्वकृष्ट अरू कुनै पनि धर्म विश्व नभएकोले यो विश्वको सबै भन्दा राम्रो मानवताको कल्याण गर्ने धर्म भएको बताए । उनले भने, ‘हामी हिन्दु भएकोमा गर्व गर्नुपर्छ ।’
विगतमा राष्ट्रको सेवा गर्ने सम्पूर्ण उच्च तह र ओहोदका व्यत्तिहरूले हरी वंश पुरायणलाई छोएर सम्पूर्ण बालबच्चालाई स्मरण गर्दै सपथ लिने गरेको स्मरण गराउँदै अहिले सबै हटाउँदै गएकोमा असन्तुष्टि व्यक्त गरे । विश्वका सबै राष्ट्रमा त्यस देशको धर्म ग्रन्थ लिएर सपत गर्ने प्रचलन रहेको र अमेरिकी राष्ट्रपतिले पनि निर्वाचन भए पश्चात् चर्चमा गएर प्रार्थना पछि बाइबल हातमा लिएर सपथ खाएको कुरा जोडदै राष्ट्रका उच्चतहका र ओहोदाका व्यत्तिहरूले गीता लिएर सपथ लिनका लागि अनुरोध गरेका छन् ।
पूर्व प्रहरी महानीरिक्षक अच्युतकृष्ण खरेलले विदेशीको इसारामा प्रलोभनमा परेर नेपालका राजनीति नेतृत्वले हिन्दु राष्ट्र हटाएको आरोप लगाए। देशमा हिन्द राष्ट्र पुनःस्थापना अनिवार्य भएको बताए ।
विदेशीको इशारामा प्रलोभनमा परी राजनीतिक नेतृत्वमा पुगेकाहरुले हिन्दु राष्ट्र हटाए, पूर्वआइजीपी खरेलले भने । उनले सँसारमा धर्मसापेक्ष राष्ट्रहरु भएको उल्लेख गर्दै राज्यको धर्म हुँदैन भन्नेहरुले भ्रम छरिरहेको बताए ।
यो संसारमा सबैको धर्म रहेको उल्लेख गर्दै भने, ‘जसरी पानिको आफ्नो धर्म छ, खुर्सानी पिरो हुने धर्म छ, आगोको पोल्ने धर्म छ , बोटविरूको पनि धर्म हुन्छ त्यसैगरी मान्छे र राष्ट्रको धर्म हुनु पर्छ ।’ नेपालमा धर्ममाथि प्रहार गर्ने षड्यन्त्रका साथ धर्मनीरपेक्षको विषय थोपिएको तर्क गरे । उनले प्रश्न गरे, ‘कसले भनेको राष्ट्रको धर्म हुदैन ?’
नेपालका राजनीतिक गर्ने पण्डितहरूलाई खुल्ला रूपमा धर्मको बारेमा सिकाउनु र पढाउनुपर्ने कुरामा जोड दिए । खरेलले एसियाका कयौं देशको परापुर्वकालमा हिन्दु देश भएकोले धर्मलाई अतिक्रमण गरेर ती देशहरू एउटा टापु र नाम मात्रको देश रहेको बताए । देश र भुगोल हाम्रो हातबाट गयो भने त्यसलाई फिर्ता ल्याउन सकिने तर धर्म र संस्कृति गुम्यो भने त्यसलाई फिर्ता ल्याउन नसकिन भएकोले हामी सबै सचेत भएर धर्म संस्कृतिको संरक्षण र जागरणमा लाग्नु पर्ने बताए । उनले अरूको धर्म जतिनै राम्रो भए पनि आफ्नो धर्म छाडनु नहुने र धर्म छाडेमा भयावह अवस्था हुने बताए ।
राजनीतिक नेतृत्वले लोभ र प्रलोभनमा परी विदेशीको आडमा, इसारामा देशको धर्म बेचेको भन्दै त्यसको निन्दा गर्दै एक मात्र हिन्दु राष्ट्र नेपाल हटाएकोमा आपत्ती जनाए ।
नेपाली सेनाका पूर्व उपरथी नरबहादुर कँडेलले नेपालललाई विश्वका हिन्दुहरूले पवित्र तीर्थस्थलको रूपमा हेर्ने हुँदा धार्मिक पर्यटनको विकास गर्दै पुन: हिन्दु राष्ट्र घोषणा आवश्यक रहेको बताए ।
नेपाल प्रहरीका पूर्व एआइजी कल्याण कुमार तिमिल्सिनाले हिन्दु राष्ट्र जागरण अभियानको बारेमा बताउदै नेपालीको संस्कृति र हिन्दुत्वको स्वभिमानि भाव जगाउन यो अभियान सुरू गरेको बताए ।
डा वासुदेव कृष्ण शास्त्रीको सभापतित्व भएको कार्यक्रममा विश्लेषक देवेश झाको समेत उपस्थिति रहेको थियोे । नागरिक गोष्ठीमा जागरण अभियानको लागि प्रकाशित पुस्तक,स्टिकर तथा फोल्डरको पुर्ण परिचयको साथै विमोचन पनि गरिएको छ । राष्ट्रिय सभागृहमा सुसम्पन्न भएको प्रबुद्ध नागरिक गोष्ठी कार्यक्रममा ६ सय न्दा बढी समाजका प्रबुद्ध व्यत्तिहरूको उपस्थिति रहेको थियोे ।

Tags

छुटाउनु भयो कि ?