नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले धेरै सोचविचार गरेर अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता अनुमोदन गरेको कारण संकटबाट बचेको दावी गरेका छन् ।
शनिबार सिन्धुलीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भने ‘अहिले पनि क्रान्तिकारी टोपलिएर १२ बुँदे गर्दिन भनेको भए, केन्द्र सरकार पनि जाने, सभामुख पनि जाने, प्रदेशको सरकार पनि जाने, शान्ति सम्झौता पनि जाने’ प्रचण्डले भने, ‘के हामी अहिले नै भूमिगत भएर हतियार उठाएर जाने स्थिति हो त ? सर्वनाश हुन लाग्यो भने जति पाइन्छ त्यति लिएर त्यहाँ टेकेर अगाडि बस्नु पो वुद्धिमानी हो ।’
२०६५ सालमा तत्कालिन प्रधानसेनापति रुक्मांगद कटवाललाई कारबाही गर्दा गल्ती भएको भन्दै प्रचण्डले त्यो घटनाले पार्टी र देशले दुख पाएको कुरा पनि उल्लेख गरे ।