अर्थमन्त्री जनार्दन शर्माले दुई वर्षदेखि कोभिड–१९ ले थलिएको देशको अर्थतन्त्र बलियो बनाउने प्रयास भइरहेको बताएका छन् ।
शुक्रवार ललितपुर उद्योग वाणिज्य सङ्घको ५५ औँ स्थापना दिवसका अवसरमा बोल्दै उनले एस्तो बताएका हुन् ।
उनले सांस्कृतिक सहर ललितपुरमा निर्माण भएका मूर्तिलगायतका साथै वास्तुकलाको समेत प्रवर्द्धन गर्ने योजना रहेको भन्दै कार्यक्रममा उपस्थित व्यवसायीसँग सल्लाह तथा सुझावसमेत मागे । युक्रेन र रुसबीचको युद्धका कारण देशमा ठूलो असर परिरहेको उनले उल्लेख गरे ।