News in Nepali

पल्पसा डंगोललाई कलाकार कल्याणकारी कोषबाट नगद दुई लाख रुपैयाँ सहयोग

Lumbinikhabar Online

हास्य कलाकार पल्पसा डंगोलको मृगौला प्रत्यारोपणको सफल शल्यक्रियापछि नेपाल चलचित्र कलाकार संघको सिफारिसमा कलाकार चलचित्र विकास बोर्ड अन्तर्गतको कलाकार कल्याणकारी कोषबाट नगद दुई लाख रुपैयाँ सहयोग गरेको छ ।

अहिले अस्पतालमा स्वास्थ्य लाभ गरिरहेकी डंगोललाई कलाकार संघका अध्यक्ष रविन्द्र खड्काकाअनुसार कलाकार डंगोललाई अस्पतालमै पुगेर उक्त रकम हस्तान्तरण गरिएको हो । कला यात्रामा पल्पसाको लामो समयको महत्वपूर्ण योगदानको कदर गर्दै उक्त रकम उपलब्ध गराइएको कलाकार संघका उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौलाले बताए ।

रकम प्रदान गर्न कल्याणकारी कोषकी संयोजक वसुन्धरा भुसाल, संघका अध्यक्ष रविन्द्र खड्कासहित कलाकर्मीहरुको एउटा समूह अस्पताल पुगेको थियो ।

उनको महाराजगञ्जस्थित टिचिङ अस्पतालमा शल्यक्रिया भएको थियो । नातामा भाइ पर्ने अज्जु डंगोलले उनलाई एउटा मृगौला प्रदान गरेका थिए ।

Tags

छुटाउनु भयो कि ?