राष्ट्रिय आविष्कार केन्द्रको पहलमा जनकपुर इन्जिनियरिङ कलेजले ९ जना विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ ।
ललितपुरको कुपण्डोलमा रहेको जनकपुर इन्जिनियरिङ कलेजले ५ जनालाई सिभिल र ४ जनालाई कम्प्युटर इन्जिनियरिङतर्फ ५० प्रतिशत छात्रवृत्ति दिन लागेको हो ।
सिभिल इन्जिनियरिङका लागि पाँच जना विद्यार्थीलाई कुल ३२ लाख र कम्प्युटर इन्जिनियरिङतर्फ ४ जनालाई २० लाख छात्रवृत्ति दिने कलेजले निर्णय गरेको जनाएको छ ।
छात्रवृत्तिको लागि इन्जिनियरिङ अध्ययन संस्थानले लिने प्रवेश परीक्षामा उत्तीर्ण विद्यार्थीले आवेदन दिन सक्ने कलेजका प्रिन्सिपल इन्जिनियर सागर श्रेष्ठले बताए ।
राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिका लागि कलेजमा सम्पर्क गर्न आग्रह गरेका छन् ।