News in Nepali

तालिबानले अफगानिस्तानका विद्यालय खुलेपछि सबै किशोरीलाई पढ्न दिने

Lumbinikhabar Online

तालिबानले अफगानिस्तानका विद्यालय खुलेपछि सबै किशोरीलाई पढ्न दिने भएको छ ।

बिहीबार अफगानिस्तानका एक अधिकारीले अर्को हप्ता माध्यमिक विद्यालय खुलेपछि बालिकालाई पढ्न दिने बताएका हुन् । तर बालिकाहरू विद्यालय आउन पाउने भएपनि उनीहरूले केही नियम पालना गर्नुपर्ने समेत

स्रोतका अनुसार महिला शिक्षकले विद्यालय आउने बालिकाहरूलाई छुट्टै राखेर पठाउनु पर्नेछ । तर महिला शिक्षकको अभाव रहेका ग्रामीण क्षेत्रमा पाका पुरुष शिक्षकले बालिकालाई पठाउन सक्ने उनको भनाइ थियो ।

तालिबान सत्तामा आएपछि अन्तर्राष्ट्रिय समुदायले राख्दै आएको एउटा प्रमुख मागमा महिला र बालिकालाई विद्यालय एवं कलेजमा पढ्न दिनुपर्ने रहेको छ ।

तालिबानको अतिवाद सोंचका कारण महिला तथा बालिकामाथि हुने व्यवहार र पूर्व सैनिक तथा अधिकारीमाथि भइरहेको ज्यादतीप्रति चिन्ता व्यक्त भइरहेको छ । यही कारण अन्तर्राष्ट्रिय समुदायले तालिबान सरकारलाई मान्यता दिएको छैन ।

Tags

छुटाउनु भयो कि ?