News in Nepali

झापामा श्रीमानको कुटाइबाट श्रीमतीको ज्यान गयो

Lumbinikhabar Online

झापामा श्रीमानको कुटाइबाट श्रीमतीको ज्यान गएको छ । जिल्ल्को बिर्तामोड नगरपालिका–५ का ४० वर्षीय कमल राउतको कुटाइबाट उनकी ३९ वर्षीया श्रीमती खेमजुङ गुरुङको मृत्यु भएको हो ।

गए राति घरायसी विवाद हुँदा श्रीमनको कुटाइबाट गम्भीर घाइते भएकी खेमजुङलाई बिर्तामोडस्थित कनकाई अस्पतालमा उपचारको लागि लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल लगिएको थियो ।

नोबेल अस्पतालमा पनि उपचार हुन नसकेपछि आफन्तले बिर्तामोडस्थित माइती घर ल्याएकोमा गए राति मृत्यु भएको हो । घटनाबारे इलाका प्रहरी कार्यालय अनारमनीले अनुसन्धान अघि बढाएको छ ।

Tags

छुटाउनु भयो कि ?