आर्टिकल्स

दलहरुलाई मेरो प्रश्नः चुनाबी एजेन्डा खै ?

Lumbinikhabar Online

-डा.डिआर उपाध्याय,

यति बेला राजनीतिक दलहरु चुनाव केन्द्रित बन्दै छन । देशका बिभिन्न ठाउँहरुमा दलहरुले आ आफना भेला प्रशिक्षण कार्यक्रमहरु संचालन गरिरहेका छन । तर चुनाव प्रति जनताको त्यति उत्साह भएको देखिदैन ।

बिगतमा दलहरुले दिएका आश्वासन अझै पुरा हुन सकेका छैनन् । त्यसो भएकोले पनि जनता उत्साहित छैनन् । राजनीतिक दलहरु र तिनका नेताहरु जव चुनाव आउँछ तव मात्र जनताको घर आँगनमा पुग्छन । चुनाव सकिए पछि फर्केर पनि जाँदैनन् । स्थानीय निर्वाचनको समय नजिकिदै छ । तर पनि अहिले सम्म राजनीतिक दलहरुले आआफ्ना धारणा जनता सामु सार्वजनिक गर्न सकिरहेका छैनन् । दलसँग फरक एजेन्डा अहिले छैन । चुनाबी एजेन्डा खै ?

घोषणापत्रमा के लेख्ने भन्ने कुरामा दलहरु अलमलिएका छन । राम्रो नीति कार्यक्रम नभए पछि जनताले हराउलान भन्ने चिन्ता सबै दलमा छ । तर, सबै दल जनतामा जाने भनीरहेका छन । जनतालाई बिश्वास दिलाउने भर पर्दो एजेन्डा अझै सम्म फेला पार्न सकिरहेका छैनन् । दलहरु अहिले जोडतोडका साथ चुनावी अभियानमा जुटेका छन् ।

अहिले स्थानीय क्षेत्रमा चुनाबी चहलपहल बढन थालेको छ । आआफ्नो पक्षमा चुनावी माहोल सिर्जना गर्न दलका नेताहरुको दौडधुप बढिरहेको छ । राजनीतिक दलका नेताहरु अहिले घोषणापत्रबिना नै चुनावी सभा आयोजना गर्न पुगिरहेका छन् । विचार र योजना बिना जनताबीच गएर मात्र हुदैन । जनताले नेताहरुलाई धेरै प्रश्न सोध्नेवाला छन ।

जनताको जवाफ दिने आँट गरेर मात्र नेताहरु गाउँ पस होइन भने समस्या पर्ला । राजनीतिक दलहरु विचारविहीन छन । बिगतका आश्वासन पुरा नहुँदा जनताले नेताको खुलेर आलोचना गर्न थालिसकेका छन् । यो स्वभाबिक पनि हो । नेताहरुमा चेत पलाउन सकेन । दलका नेता एकअर्कालाई गालीगलौज गर्ने, हिलो छ्याप्ने र उछित्तो काढ्ने काममा लागिरहेका छन् ।

राजनीतिक पार्टीहरु जनता प्रति इमानदार बन्न नसक्दा जनतामा निराश छ । संविधानमा समाजवादी यात्रामा देशअघि बढ्ने भनिएको छ । तर अहिले सम्म यो यात्रामा अघि बढने कुनै सुरसार छैन । कुरा मात्र गरेर हिडने हो की काम पनि गर्ने हो ? राजनीतिक दलले समाजवाद निर्माणको दिशामा अघि बढ्ने त कुरा गरिरहेका छन् । खै त्यसका लागी चाहिने आधार निर्माण गरेको ?

समाजवाद निर्माणका आधार, त्यसका लागि आवश्यक नीति तथा कार्यक्रम खै ? नेपाली जनताले विकास निर्माणका खाका खोजिरहेका छन् । देशमा संघीयतासहितको गणतन्त्र त आयो, तर त्यो जनतालाई आयो की नेतालाई ? प्रश्न उठेका छन ।

Tags

छुटाउनु भयो कि ?