News in Nepali

महानगरसँग नीति , कार्यक्रम र बजेट सबै छ तर पुल कहाँ निर्माण गर्ने भन्ने समस्या छ : मेयर शाक्य

Lumbinikhabar Online

काठमाण्डाै महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगरसँग नीति, कार्यक्रम र बजेट प्रशस्त रहेकाे तर सडकको पेटी साँघुरो भएको हुनाले पुल कहाँ राख्ने भन्ने समस्या भएको बताएका छन् ।

आज बुधवार काठमाण्डाै महानगरपालिकाकाे माइतीघरमा रहेकाे आकाशे पुलको उद्घाटन उनके यस्ताे बताएका हुन् ।
उनले भने , ‘ महानगरसँग नीति पनि छ, कार्यक्रम पनि छ र बजेट पनि छ तर सडकको पेटी साँघुरो भएको हुनाले कहाँ राख्ने भन्ने समस्या छ । आवश्यक ठाउँमा वडाध्यक्षले सिफारिस गरेअनुसार आकाशे पुल बनाउन हामी तयार छाैँ ।’

मेयर शाक्यले आकाशे पुल निर्माण अभियानअन्तर्गत हरेक वर्ष महानगरले आठ/नाै करोड रुपैयाँ बजेट छुट्याएको र आवश्यक ठाउँ हेरेर पुल निर्माण पनि गरिरहेको बताए । उनले आकाशे पुल निर्माण गर्दा सवारी साधनमा हुने अवरोध र दुर्घटनामा कमी भएको पनि बताएका छन् ।

 

Tags

छुटाउनु भयो कि ?