काठमाडौँमा मोटरसाइकल र स्कुटर एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ ।
काठमाडौं महानगरपालिका-१५ बिजेश्वरीस्थित सडकमा बा.८५ प ५०६० नम्बरको मोटरसाइकल र बा.४९ प ६१२३ नम्बरको स्कुटर एक आपसमा ठक्कर खाई बुधबार बिहान दुर्घटना हुँदा स्कुटर चालक नागार्जुन नगरपालिका-१ रानीवन बस्ने धादिङ ज्वालामुखी गाउँपालिका-४ घर भएका ३५ वर्षीय हरी दुवाडी गम्भीर घाइते भएका थिए ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको मनमोहन मेमोरियल अस्पताल स्वयम्भूमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।