खेलकुद

विश्वकप लिग टुमा आज नेपालले पहिलो खेल खेल्दै

Lumbinikhabar Online

युनाइटेड अरब इमिरेट्स (यूएई)मा मंगलबारदेखि सुरु भएको आईसीसी क्रिकेट विश्वकप लिग टुमा आज नेपालले पहिलो खेल खेल्दै छ ।

नेपालले आज पपुवा न्युगिनीसँग खेल्न लागेको हो । खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुनेछ । यसअघि नेपालले  श्रीलंकामा एक साताभन्दा बढी तयारी र अभ्यास खेलेको थियो । लिग टु अन्तर्गत नेपाल, यूएई र पपुवा न्युगिनी बीचको शृंखला ८ गतेसम्म हुनेछ ।

Tags

छुटाउनु भयो कि ?