कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको चौध तालमा छायाँकन गरिएको गीत ‘जुनी जुनी…’ सार्वजनिक भएको छ । डा. उपाध्यायकै गायन, सङ्गीत, निर्देशन र अभिनय रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
स्वरमा डा. उपाध्यायलाई अनु चौधरीले साथ दिनुभएको छ भने अभिनयमा नम्रता अर्यालले । गीतको भिडियो पोखराका बेगानस ताल, रुपा ताला, दिपाङ्ग ताल, खाष्टे ताल, न्यूरेनी ताल, गुँदे ताल, मैदी ताल र फेवाताल, यस्तै चितवनका बिसहजार ताल र कुमाल ताल, हेटौडाको इन्द्र सरोबर र काठमाडौं कीर्तिपुरको नाग दह यस्तै ललितपुरको बोजे पोखरी र टौ दहमा छायाँकन गरिएको छ । भिडियोलाई उत्सव दाहालले छायाँकन गर्नुभएको हो भने सिलन लम्सालको सम्पादन छ ।
अनिता ग्वाच्छाको शृङ्गार रहेको भिडियोमा डीआर म्युजिक क्रियशनको युट्युवमार्फत सार्वजनिक गरिएको हो । डा. उपाध्यायका अनुसार चौध तालमा शब्द, सङ्गीत, स्वर र अभिनय रहेको यो पहिलो गीतको भिडियो हो ।
डा. उपाध्यायले यही चैतमा १०३ विश्व रेकर्ड पुर्याउने घोषणा गर्नुभएको छ । यसअघि गीत सङ्गीत र विभिन्न विधामा गिनिजबुक रकेर्डसहित ८० विश्व रकेर्ड कायम गर्नुभएका कीर्तिमानी डा. उपाध्यायले चैतमा १०३ विश्व रेकड पुर्याउने लक्ष्यका साथ तयारी गरिरहेको केहीदिन अघि राजधानीमा गरिएको पत्रकार भेटघाटमा जानकारी गराउनुभएको थियो ।
गीतसङ्गीत तथा साहित्य सिर्जनाबाट थुप्रै विश्व रेकर्ड कायम गर्ने डा. उपाध्याय पहिलो नेपाली सर्जक हुनुहुन्छ । कीर्तिमानी डा. उपाध्यायका २५ एल्बमका सयौं गीत स्रोता÷दर्शकमाझ छन् ।
यस्तै उहाँका ‘बज्रघात’, ‘त्यागी’, ‘भाग्यचक्र’, ‘अपवित्र छायाँ’, ‘स्वार्थी’, ‘बिटुली’, ‘अतिरिक्त’, ‘दगाबाज’, ‘अधुरो प्रेम’, ‘सपनाकी रानी’, ‘कफी लभ’ र ‘मेरी प्रिया’ जस्ता उपन्यास पाठकमाझ आएका छन् । उहाँले नयाँ उपन्यास ‘भाइरस लभ’ र अन्य सात एल्वम छिट्टै सार्वजनिक गर्ने बताउनुभएको छ ।
लमा छायाँकन गरिएको गीत ‘जुनी जुनी…’ सार्वजनिक भएको छ । डा. उपाध्यायकै गायन, सङ्गीत, निर्देशन र अभिनय रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।