News in Nepali

युक्रेन र रुसको युद्धका विषयमा अमेरिका र चीनबीच ७ घण्टा लामो छलफल

Lumbinikhabar Online

युक्रेन र रुसको युद्धका विषयमा अमेरिका र चीनबीच ७ घण्टा लामो द्विपक्षीय वार्ता भएको छ । दुई देशका अधिकारीहरूले सोमबार रोममा वार्ता गरेका हुन् ।

एकजना अधिकारीले बाइडेनको राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले चीनका वरिष्ठ कुटनीतिज्ञ याङ जिचीलाई बेइजिङले रुसलाई सहयोग गर्न सक्ने विषयप्रति चासो व्यक्त गरेका थिए । चीनले रुसलाई सहयोग गरेमा विश्वव्यापी प्रतिबन्धको सामना गर्न सक्नुपर्ने सुलिभानले वार्तामा बताएका छन् ।

‘सामान्य रुपमा म के भन्न चाहन्छु भने हामी रुससँग चीनको साठगाठप्रति गहन चिन्तित छौ,’ ती अधिकारीले बताए । मस्कोले युक्रेनमा आफ्नो युद्धका लागि चीनसँग सैन्य उपकरणको अनुरोध गरेको समाचार बाहिरिएकै समयमा सुलिभानको यो भ्रमण भएको हो । रुस–युक्रेन युद्ध तेस्रो सातामा प्रवेश गरिसकेको छ ।

‘उक्त बैठक केही समयका लागि मात्रै तय गरिएको थियो,’ ती अधिकारीले बताए । मस्कोले सैन्य उपकरण तथा युक्रेनी युद्धमा अन्य सहयोगका लागि अनुरोध गरिएको विषय चीनले बारम्बार अस्वीकार गर्दै आएको छ । रुसले चीनबाट सैन्य उपकरण मागेको विषय क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले पनि गलत भएको बताएका छन् ।

Tags

छुटाउनु भयो कि ?