News in Nepali

तापक्रम बढिरहेको भन्दै सचेत रहन विज्ञहरुले सुझाव

Lumbinikhabar Online

नेपालमा यतिबेला तापक्रम बढिरहेको भन्दै सचेत रहन विज्ञहरुले सुझाव दिएका छन् ।

सोमबारसम्म मौसम विज्ञान विभागको रेकर्ड अनुसार ३९ वटा केन्द्रमा ३० देखि ३५ डिग्री तापक्रम रेकर्ड भएको तथा एउटा केन्द्रमा भने ४० डिग्री तापक्रम रेकर्ड भएको उल्लेख गर्दै उनले केही दिन तापक्रम वृद्धि निरन्तर बढ्नसक्ने बताइएको छ ।

जलवायु विज्ञ डा. उप्रेतीले भने, ‘ यतिबेला हामी सचेत हुनुपर्ने हुन्छ । जस्तो चैत २ देखि ३ मा तराई क्षेत्रमा हावाको गती २५ देखि ३५ किलोमिटर प्रतिघण्टाको दरले बहदैछ भन्ने आएको छ। ४० किलोमिटर प्रतिघण्टाको अवस्था छ भने त्यसले ठुलो क्षति त गर्दैन । तर रुख ढाल्न सक्ने, कृषि प्रणालीमा क्षति पुग्ने अवस्था हुन सक्छ ।’

Tags

छुटाउनु भयो कि ?