सवारी चालक अनुमतिपत्रको अनलाईन आवेदन आजदेखि अनिश्चितकालका लागि बन्द भएको छ । यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै आज (चैत १) देखि अर्को सूचना नभएसम्मका लागि नयाँ निवेदन नलिने जानकारी गराएको छ ।
हालसम्म परेका अनलाईन आवेदनहरुको कारबाही यथाशक्य चाँडो टुंग्याउनु पर्ने भएकाले नयाँ आदेवन बन्द गरिएको विभागका निर्देशक एवं प्रवक्ता डा. लोकनाथ भुसालले बताएका छन् ।
सवारी चालक अनुमतिपत्र पाउन वर्षदिन भन्दा बढी समय लागिरहेको अवस्थामा नयाँ आवेदन बन्दले सेवाग्राही भने मर्कामा पर्ने भएका छन् ।
सरकारी अकर्मण्यताले लाइसेन्सको वितरण प्रणालीमा पटकपटक समस्या दोहोरिने गरेको छ ।
यसअघि कोरोना महामारीको कारण देखाएर लामो समय आवेदन रोकिएको थियो । जसका कारण नयाँ चालकहरु समस्यामा परेका थिए ।
समयमै सही तरिकाले परीक्षा गर्न नसक्दा सवारी लाइसेन्सको आवेदन, लिखित परीक्षा, प्रयोगात्मक परीक्षा (ट्रायल) र लाइसेन्स छपाइ र वितरणसम्मका सबै काम सरकारको बसभन्दा बाहिर पुगेको छ ।

