भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले सार्वजनिक खरिद नियमावलीको ११ संशोधन देशका लागि एउटा मुहार फेर्ने निर्णय भएको बताएकी छन् ।
आज शुक्रवार काठमाण्डाैमा नेपाल निर्माण व्यवसायी महासङ्घको २३ औँ साधारण सभा उद्घाटन समारोहमा बोल्दै उनले सरकारले ठूला मात्रै नभएर साधारण खालका निर्माण कम्पनीलाई पनि नियमावलीमा कसरी समावेश गर्ने विषयमा गम्भीर भएर लागेको बताइन् ।
मन्त्री यादवले एक जना व्यवसायीले पाँच वटा टेन्डर लिन पाउने व्यवस्थाले विकास निर्माणले गति पाउने शुभ सङ्केत भएको दाबी समेत गरिन ।