गृह मन्त्री बालकृष्ण खाणले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास हुँदैमा अमेरिकी सेना नेपाल आउने भ्रमबाट मुक्त हुन आग्रह गरेका छन् ।
आज शुक्रवार काठमाण्डाैमा नेपाल निर्माण व्यवसायी महासङ्घको २३ औँ साधारण सभा उद्घाटन समारोहलाई सम्बोधन गर्दै गृह मन्त्री खाणले भने, `बिजुलीको तारबाट कुनै पनि देशको सेना आउँदैन सक्दैन । बिजुलीको तारबाट बिजुली नै आउँछ ।’
एमसीसी कुनै सैनिक राजनीतिक र प्रशासनिक सम्झौता नभएर विकास साझेदारीका लागि भएको बताए ।