एमाले अध्यक्ष केपी शर्मा ओलीले सञ्चारमाध्यम सत्य र न्यायको पक्षमा हुनुपर्नेमा जोड दिएका छन् ।
शुक्रबार प्रेस चौतारी नेपालको नवौँ राष्ट्रिय सम्मेलनलाई पोखरामा उद्घाटन गर्दै ओलीले आजको सञ्चार क्षेत्रले उपलब्धिलाई सही ढंगले सदुपयोग गर्न सक्नुपर्ने भन्दै प्रेस स्वतन्त्रता भनेको स्वतन्त्रतासम्बन्धी मानवीय चेतनासँगको विषय भएकोले सञ्चारमाध्यमहरु सत्य र न्यायको पक्षमा हुनुपर्ने बताए ।
उनले सञ्चारमाध्यमदेखि सामाजिक सञ्जालसम्म छाडापन देखिएको भन्दै ‘हामी आवश्यकता भन्दा बढी अनियन्त्रित र छाडा भएका छौँ । स्वतन्त्रताको सदुपयोग गर्न नसक्ने स्थिति देखिएको छ। आजको सञ्चार क्षेत्रले उपलब्धिलाई सही ढंगले सदुपयोग गर्न सक्नुपर्छ’, भने ।