नेपाल वायुसेवा निगमलाई साउदी अरेबियाको रियाद, दमाम र जेद्दा उडानको अनुमति प्रदान गरिएको छ ।
निगमलाई साउदीको नागरिक उड्डयन कार्यालय जनरल अथोरिटी अफ सिभिल एभिएसन रियादले त्यहाँका तीन वटा सहर जेद्दा, दमाम र रियादमा दुईतर्फी उडानको अनुमति दिएको स्रोतले जनाएको छ ।
निगमले चैतदेखि पहिलो चरणमा काठमाण्डौ–रियाद–काठमाण्डौ हप्तामा तीन दिन उडान गर्ने एक विज्ञप्तिमार्फत जानकारी दिएको छ । यसअघि साउदीमा हिमालय एअरलायन्सले दमाम र रियादमा नियमित उडान गर्दै आइरहेको छ ।
साउदी अरबले यसअघि निगमलाई सन् २००२ र सन् २०२० मा पनि उडान अनुमति दिएको थियो ।