झापामा एम्बुलेन्सको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३६ वर्षीय उमेश थापा रहेका छन् ।
जिल्लाको कन्काई नगरपालिका–९ घैलाडुब्बामा बुधबार बेलुकी मे १ च ५२५ नम्बरको एम्बुलेन्सले ठक्कर दिदा गम्भीर घाइते भएका थापाको उपचारको क्रममा बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
एम्बुलेन्ससहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।