टप खबर

संखुवासभा बस दुर्घटना अपडेट : ज्यान गुमाउनेको संख्या १४ पुग्यो

Lumbinikhabar Online

संखुवासभामा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ । बिहिबार मादी नगरपालिका(६ मा बा ४ ख ७३५ नम्बरको बस दुर्घटना भएको थियो ।

सोही दुर्घटनामा १४ जनाको शव निकालिएको प्रहरीले जनाएको छ । दुर्घटनामा पाँच जना घाइते भएका छन् । घाइते भएका ५ जनालाई सदरमुकाम चैनपुर अस्पताल लगिएको जनाइएको छ ।

दमकतर्फ जाँदै गरेको बस बिहिबार बिहान करिब साढे सात बजे तिर संखुवासभाको मादी नगरपालिका-६ सातघुम्तीमा दुर्घटनामा परेको थियो ।

Tags

छुटाउनु भयो कि ?