फिल्म र संगीत

मिस हिमालयन ग्लोरी नेपाल २०२२ हुने, अडिसनका लागी फारम खुल्ला

Lumbinikhabar Online

काठमाण्डौ, फाल्गुन  । तेजनेपाल सिनेकला संवाददाता ग्यालेक्सी दैनिक विगत दुईदशकदेखि विभिन्न शैक्षिक कार्यक्रम तथा सौन्दर्य प्रतियोगिता कार्यक्रमहरु आयोजना गरिरहेको ट्रेबल फेशन कन्सर्न प्रा लि को आयोजनामा मिस हिमालयन ग्लोरी नेपाल २०२२ हुने भएको छ । आँउदो साताको शनिबारदेखि पुतलीसडकको सम्भव एडुकेशनल कन्सल्टेन्सीमा चरणबद्ध रुपमा अडिसन सुरु हुने भनिएको उक्त कार्यक्रममा १६ देखि २६ वर्ष उमेर समुहका महिलाले सहभागीता जनाउन पाउने भएका छन ।

सहभागीको उचाई ५ फिट १ इन्च भन्दा माथि हुनुपर्ने, अविवाहित हुनुपर्ने तथा नागरिकता वा कलेज क्याम्पसको कार्डको पनि फोटोकपी अनिवार्य पेश गर्नुपर्ने आयोजक कम्पनीका सिईओ शैलेन्द्र श्रेष्ठले बताए । आँउदो नयाँ वर्ष २०७९ लाई स्वागत गर्दै कार्यक्रमको ग्राण्ड फिनाले गर्ने योजना पनि रहेको सिईओ शैलेन्द्र श्रेष्ठले जानकारी गराए ।

गोकर्णेश्वर नगरपालिकाको समन्वयमा तथा सम्भव एडुकेशन कन्सल्टेन्सीको प्रायोजक रहने उक्त कार्यक्रमका बिजेताहरुले नगद पुरस्कार, काठमाण्डौँको कलेजहरुमा विशेष छुटको व्यवस्था, आकर्षक गिफ्ट ह्याम्पर, म्युजिक भिडियो, टेलिसिरियल लगायतमा अभिनय र तेजस्वी कला केन्द्र एण्ड मिडियाको तर्फबाट डान्स, जुम्बा, संगीत, उदघोषणा तालिम, अभिनय तालिममा विशेष छुटसहितको पुरस्कारहरु पनि प्राप्त गर्नेछन । त्यस्तै, अडिसनबाट छनौट भएकाहरुका लागि १५ दिने विशेष तालिम, मोडलिङ प्रशिक्षण, व्यक्तित्व बिकास, कौशल बिकास, आत्मबिश्वास बढाउने सम्बन्धी ज्ञान, ग्रुमिङ तयार हुने उचित वातावरण बनाउने उद्देश्य, विभिन्न सेलिब्रेटीहरुको साथमा मोटिभेसन क्लास लगायत अन्य आधारभूत, फ्री फोटोसुट, फ्री मेडिकल हेल्थ चेकअपको पनि व्यवस्था गरिने आयोजक कम्पनी ट्रेबल फेशन कन्सर्न प्रा लिले बताएको छ ।

अडिसन फारमहरु काठमाण्डौको सम्भव एडुकेशनल कन्सल्टेन्सी पुतलीसडक, कुबेर स्टुडियो पुतलीसडक, जोरपाटीको जुम क्याफे एण्ड बेन्क्वेट, किर्तिपुरको तेजस्वी कला केन्द्र एण्ड मिडिया, ललितपुर लबिङ मलको ब्रशड एण्ड ब्लेन्डेड युनीसेक्स सैलुन, रातोपुलको रकहाउस क्याफे एण्ड बेन्क्वेट हाउस लगायतका स्थानहरुमा उप्लब्ध रहेको आयोजक टिमले बताएको छ ।

ड्रेस डिजाइनिङ मिस्टिक बुटिकले गर्नेछ भने कार्यक्रमलाई काष्ठमण्डप टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिने छ । अन्लाइन मिडिया पार्ट्नरहरुमा राष्ट्रखबर, तेजनेपाल, सिनेकला, ग्यालेक्सी दैनिक, कलाकर्मी, रातोपाटी, म्युजिक डायरी, पप्कर्न मिडिया लगायत रहेनछन ।

Tags

छुटाउनु भयो कि ?