• २०८२ साउन ०५, आइतबार ( )
News in Nepali

आज नेप्से ३० दशमलव २९ अङ्कले घट्यो

Lumbinikhabar Online

बुधवार शेयर बजार परिसूचक नेप्से ३० दशमलव २९ अङ्कले घटेर दुई हजार पाँच सय १४ दशमलव ६५ विन्दुमा झरेको छ ।

आज दुई सय २९ वटा कम्पनीका ४९ लाख ५९ हजार कित्ता शेयर दुई अर्ब ३५ करोड २३ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको १० करोड ५२ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज सबैभन्दा धेरै विशाल बजार कम्पनीको शेयर झन्डै ६ प्रतिशत र सामुदायिक लघुवित्तको शेयर साढे पाँच प्रतिशतले घटेको छ । समग्र बजार राताम्मे हुँदा पनि माउन्टेन इनर्जी नेपालको शेयर आठ प्रतिशतभन्दा धेरैले बढेको छ ।

Tags

छुटाउनु भयो कि ?