News in Nepali

युक्रेनले अब नेटोको सदस्यता नलिने, जेलेन्स्की द्वारा वार्तामा जाने सङ्केत

Lumbinikhabar Online

युक्रेनले अब नेटोको सदस्यता नलिने भएको छ । राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले रुसलाई शान्त पार्नका लागि यो घोषणा गरेको समाचारहरुमा जनाइएको छ ।

जेलेन्स्की दुुई फरक रुसी समर्थक क्षेत्र डोनेट्स्क र लुहान्सकको स्थितिबारे सम्झौता गर्नका लागि समेत तयार भएका छन् । जसलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले २४ फेब्रुअरीमा हमला सुरु गर्नु ठिक पहिले स्वतन्त्र राष्ट्रको घोषणा गरिएको थियो र मान्यता पनि दिइएको थियो । यो त्यही मुद्धा हो जसलाई रुस र युक्रेनकाबीच युद्धको कारक मानिएको थियो ।

रिपोर्टका अनुसार नेटो युक्रेनलाई स्वीकार गर्न तयार छैन । नेटोको सदस्यता नलिने ठोकुवा गर्दै जेलेन्स्कीले भनेका छन्,‘म यस्तो देशको राष्ट्रपति बन्न चाहन्नँ,जो घुँडा टेकेर केही मागिरहेको होस् ।’

Tags

छुटाउनु भयो कि ?