अभिनेता पल शाह प्रकरणमा भ्रामक सामग्री प्रसारण गरेको अभियोगमा दुईजना युट्युबर पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काठमाडौंको भीमढुङ्गा घर भएका नेपाल मिडियाका युट्युबर हरि उदासी भन्ने हरि परियार र लमजुङको राईनास नगरपालिका घर भएका काठमाडौंको तारकेश्वर नगरपालिका–४ बस्ने २७ वर्षीय विशाल नेपाल युट्युब च्यानलका सञ्चालक निशान चिलवाल रहेका छन् ।
उनीहरु विरुद्ध विद्युतीय कारोबार ऐन–२०३३ को कसुरमा ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको छ ।