लमजुङमा पानीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँ भानु नगरपालिका-९ बाईसजागर घर भएका १८ वर्षीय सनिस श्रेष्ठ रहेका छन् ।
श्रेष्ठको सुन्दरबजार नगरपालिका-९ सिउडिवारस्थित मर्स्याङ्दी नदीमा पौडी खेल्ने क्रममा मृत्यु भएको हो । उनी सोही नगरपालिकास्थित फ्यूचर स्टार माविमा अध्ययनरत विद्यार्थी हुन् ।
फ्यूचर स्टार माविको होस्टेलमा बस्दै आएका श्रेष्ठ अन्य दुईजना साथीसँग मिलेर नदीमा पौडी खेल्ने गएका थिए । सोहि क्रममा उनि डुबेर बेपत्ता भएपछि खोजी गर्ने क्रममा उक्त नदीमा उनको शव फेला पारेको हो । घटनाका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।