पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वासको प्रस्ताव पेस भएको छ । विपक्षी दलहरुको गठबन्धन पाकिस्तान डेमोक्रेटिक मुभमेन्ट ले प्रधानमन्त्री खानविरुद्ध अविश्वास प्रस्ताव पेस गरेको हो ।
विपक्षी दलहरुले उच्च महँगीलाई प्रमुख मुद्दा बनाएर सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याएका हुन् ।
पाकिस्तानको संसदमा तीन सय ४२ सदस्य छन् । यसअनुसार अविश्वास प्रस्ताव पारित गर्न पक्षमा एक सय ७२ भोट भए पुग्छ । प्रधानमन्त्री खानको पार्टी पीटीआईसँग संसदमा एक सय ५५ सीट छ । उनको सरकार गठबन्धनका सहयोगी दलको समर्थनमा चलिरहेको छ ।