News in Nepali

हामी जनताको पक्षमा लडिरहेका छौँ : केपी शर्मा ओली

Lumbinikhabar Online

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरू जनताको पक्षमा लडिरहेको बताएका छन् ।

मंगलबार पोखरामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जनादेशको पक्षमा रहेको र जनताको अभिमतबाटै अघि बढ्ने बताएका छन् ।

उनले भने, ‘आजको सत्य र असत्यको बीचको लडाइँ परमादेशी र जनादेशीका बीचमा भएको लडाइँ हो । असत्यको प्रतिकको लडाईं भनेको परामादेशी शक्तिहरु हुन् । जनादेशको पक्षमा रहेका जनादेशमा जाने जनताको अभिमतबाट अघि बढ्न खोज्ने हामी जनताको पक्षमा लडिरहेका छौँ ।’

अध्यक्ष ओलीले राजनीतिक मैदानका सर्वश्रेष्ट सिद्धान्तबाट हामी नेकपा एमाले अघि बढ्ने बताए ।

Tags

छुटाउनु भयो कि ?