राष्ट्र सङ्घको मानवीय सहायतासम्बन्धी निकायका प्रमुख मार्टिन ग्रिफिथ्सले युक्रेनका नागरिकलाई सुरक्षित ठाउँतर्फ जान दिन अपिल गरेका छन् ।
न्युयोर्कमा सुरक्षा परिषद्को आपत्कालीन बैठकमा उनले रुस–युक्रेन युद्धका कारण युक्रेनमा फसेका लाखौँ नागरिकको दयनीय अवस्था रहेको र हिंसा, डर वा पीडामा मानिसहरूले समय बिताइरहेको उल्लेख गर्दै उनले जुनसुकै ठाउँ वा दिशातर्फ स्वेच्छिक रूपमा जान दिन आग्रह गरेको बिबिसीले जनाएको छ ।
युक्रेनमा युद्ध सुरु भएदेखि हिजो १२औँ दिनसम्म झण्डै १७ लाख नागरिकले देश छाडेका छन् ।