News in Nepali

माओवादी केन्द्रका नगर प्रमुखलाई पार्टीबाटै निष्कासित

Lumbinikhabar Online

 

माओवादी केन्द्र मोरङले रंगेली नगरपालिकाका प्रमुखलाई पार्टीबाट निष्कासन गरेको छ । प्रमुख दिलिप अग्रवालले नेकपा एमाले प्रवेश गर्ने तयारी गरेपछि उनलाई निस्कासन गरिएको हो ।

उनलाई पार्टी प्रवेश गराउन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बुधबार रंगेली आउँदैछन् ।

माओवादी केन्द्र प्रदेश १ अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो)ले विज्ञप्ति जारी गर्दै पार्टीको आचरण विपरीत काम गरेका कारण अग्रवालको साधारण सदस्यतासमेत खारेज गरेर कारबाही गरिएको जानकारी दिएका छन् ।

उनलाई पालिका प्रमुखको पदबाट पनि निष्कासन गर्न निर्वाचन आयोगमा सिफारिस गरेको नेम्वाङले जानकारी दिए ।

Tags

छुटाउनु भयो कि ?