पोखरामा किशोरीलाई बलात्कार गरेको अभियोगमा एक चीनिया नागरिक पक्राउ परेका छन् ।
एक वर्ष अगाडि नै भिजिट भिसामा नेपाल आएका चिनियाँ नागरिक ली च्युनको पोखरा घुम्ने क्रममा चटपट बेच्ने आमा-छोरीसँग नजिकिएर विभिन्न प्रलोभनमा पारी १८ वर्षीया किशोरी माथी जबर्जस्ती करणी गरेको अभियोगमा उनी पक्राउ परेका हुन् ।
लीले किशोरीमाथि पहिले विभिन्न प्रलोभनमा पारेर र पछि जबरजस्ती करणी गर्ने गरेको परिवारले थाहा पाएपछि त्यसको लगत्तै किशोरीकी आमाले जिल्ला प्रहरी कार्यालय कास्कीमा जबरजस्ती करणीको आरोपमा किटानी जाहेरी दिएकी थिइन ।
जाहेरी दिएपछि लगत्तै लीलाई १५ गते पक्राउ गरी ७ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको थियो । २२ गते जिल्ला अदालत कास्कीले लीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको स्रोतले जनाएको छ ।