पीडितको चरित्र हत्या गर्ने सेलेब नेपाल नामक युट्युब च्यानलका सञ्चालक पक्राउ परेका छन् ।
पीडितको मानमर्दन र चरित्र हत्या गर्ने उद्देश्यले भ्रामक समाचार सम्प्रेषण गर्ने गुल्मीको भनभने घर भइ बुटबल बसेर युट्युब च्यानल चलाउने राहुल थापालाई प्रहरीले पक्राउ गरेको हो ।
चलचित्र अभिनेत्री रेखा थापाले दिएको उजुरीका आधारमा थापालाई पक्राउ गरिएको बताइएको छ । रेखाले राहुलसहित ३ जनाविरुद्ध आफ्नो बारेमा भ्रामक समाचार प्रशारण गरेको आरोप लगाउँदै साइबर ब्यूरोमा उजुरी दिएकी थिइन् । उनको उजुरपछि ब्यूरोले प्रेश काउन्सिलसँग भ्रामक समाचार प्रकाशन गर्ने च्यानलको आधिकारिकता र दर्ता सम्बन्धी विवरण मागेको थियो ।
नायिका थापाको बारेमा भ्रामक सामाग्री प्रशारण गर्ने मध्येकी शर्मिला वाइबा फरार छिन् । उनि बिरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएको छ । बालिका बलात्कारको आरोपमा पक्राउ परेका पल शाहको विषयलाई जोडेर नायिका थापाबारे युट्युव च्यानलले सामाग्री प्रशारण गरेका थिए ।
राहुललाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमती दिएको छ ।