News in Nepali

रोजगारीका लागि नेपालीलाई छिटो कोरिया पठाउने सम्बन्धमा छलफल

Lumbinikhabar Online

आज साेमवार ईपीएस अन्तर्गत रोजगारीका लागि कोरिया जाने पर्खाइमा रहेका नेपाली युवालाई छिटो पठाउने सम्बन्धमा कोरियाली पक्षसँग छलफल भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ र कोरियाको मानव संशाधन विकास बोर्ड (एचआरडी) कोरियाका नेपाल प्रतिनिधि किम उन डकसँगको भेटमा उक्त छलफल भएको हो ।

मन्त्री श्रेष्ठले मन्त्रालयमा डक सँग भेट गरी रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण गरी दक्षिण कोरिया जाने पर्खाइमा ठूलो सङ्ख्यामा नेपाली युवाहरू रहेकाले छिटो लैजाने वातावरण बनाउन आग्रह गरे

मन्त्री श्रेष्ठले व्यावसायिक उडान खुला गरी छिटो पठाउने प्रबन्ध गर्न कोरियाली पक्षसँग आग्रह गरे ।

एचआरडी कोरियाका नेपाल प्रतिनिधि डकले अहिले दक्षिण कोरियामा कोरोना भाइरस सङ्क्रमण तीव्र रूपमा फैलिरहेको बताएका थिए । कोरोना महामारीका लागि रोकिएका कामदार छिटो ल्याउन कोरिया सरकार सकारात्मक भए पनि महामारीका कारण समस्या भएको उनको भनाइ छ । विदेशी श्रमिक अनिवार्य क्वरेण्टीन बस्नुपर्ने भएकोले क्वरेण्टीन अभावले धेरै श्रमिक एकै पटक लैजान नसकिएको उनले बताए । व्यावसायिक उडान खुला गर्न आवश्यक प्रक्रिया सुरु गरिएको जानकारी दिदै एचआरडी काेरियाका नेपाल प्रतिनिधि डकले छिटो सञ्चालन हुने विश्वाससमेत दिलाएका छन् ।

Tags

छुटाउनु भयो कि ?