News in Nepali

चीनले रुसमा आर्थिक प्रतिबन्ध लगाउनुपर्नेमा अष्ट्रेलियाको धारणा

Lumbinikhabar Online

अष्ट्रेलियाका प्रधानमन्त्रीले स्कट मोरिसनले चीनले रुसमा आर्थिक प्रतिबन्ध लगाउनुपर्ने धारणा व्यक्त गरेका छन् । युक्रेनमाथि रुसले हमला गरेको भन्दै उनले एस्तो बताएका हुन् ।

अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मोरिसनले भने, ‘यदि चीनले रुसको हमलाको आलोचना गर्छ र उसमाथि आर्थिक प्रतिबन्ध लगाउँछ भने यसको असर बढी हुनेछ । तर अहिलेसम्म यस्तो हुन सकेको छैन ।’

उनले थपे ‘दुनियाँले लामो समयदेखि विश्वव्यापी शान्ति, सम्प्रभुता, क्षेत्रीय अखण्डतादेखि प्रतिबद्धता जताउने चीनको बयान सुन्दै आएको छ । अब चीनको त्यो प्रतिबद्धता बयानमा मात्रै सिमित छैन भन्ने कुरा साबित गर्न यो समय महत्वपूर्ण छ । ’

अष्ट्रेलिया रुसको आक्रामकताको विरोध गर्ने देशको समर्थनमा छ भएको कुरा मोरिसनले दोहोराए ।

Tags

छुटाउनु भयो कि ?