News in Nepali

रुसले युक्रेन माथिको हमला केही दिनका लागि रोक्ने

Lumbinikhabar Online

रुसले युक्रेन माथिको हमला केही दिनका लागि रोक्ने बताएको छ । विभिन्न शहरमा फसेका सर्वसाधारण नागरिकलाई सुरक्षित गल्लीबाट निस्नका लागि रुसले आफूहरु किभ, खारकिभजस्ता शहर माथिको हमला रोक्ने जनाइएको छ ।

स्थानीय समयानुसार बिहान १० बजेदेखि लागू हुने र राजधानी किभ, खारकिभ, मारियुपोल र सूमीजस्ता भीषण संघर्ष झेलिरहेको शहरबाट नागरिकलाई निकाल्नका लागि सुरक्षित बाटो अपनाइने रुसको रक्षा मन्त्रालयले जनाएको छ । तर जुन दुई करिडोर खोल्ने कुरा भइरहेको छ, तीमध्ये एक किभबाट बेलारुस र दोस्रो खारकिभबाट रुसको सीमातर्फ गइरहेको छ ।

पछिल्लो दुई दिनमा मारियुपोलबाट नागरिकलाई निकाल्नका लागि दुई पटक प्रयास गरियो तर दुबै विफल रह्यो । युक्रेनका अधिकारीका अनुसार रुसको तर्फबाट संघर्षविरामका लागि निश्चित गरिएको समयमा पनि हमला जारी भएका कारण मारियुपोलबाट नागरिकलाई निकाल्न नसकिएको हो ।

यसैबीच सोमबार पुनः युक्रेन र रुसका प्रतिनिधिमण्डल छलफलका लागि भेट्नेछन् तर यी वार्ताबाट केही हासिल हुने आशा निकै कम छ ।

 

Tags

छुटाउनु भयो कि ?