News in Nepali

केपी ओलीको वितण्डाको सामना गर्नलाई संसद भंग गर्नु पर्छ : अध्यक्ष नेपाल

Lumbinikhabar Online

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेले सदन अबरुद्ध गरिरहने हो भने संसद भंग गर्नुपर्ने बताएका छन् ।

आइतबार संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुको प्रश्नको जवाफ दिँदै उनले भने ‘हाउस चल्न पनि नदिने, केही गतिविधि गर्न नदिने, भत्तासत्ता खाने, हामीलाई पनि हैरान पार्ने’ अध्यक्ष नेपालले भने, ‘त्यस्तो हो भने त्यो भन्दा पहिले नै संसदले नै केपी ओलीको वितण्डाको सामना गर्नलाई यो सब भंग गरिदिने, न संसद रहन्छ न हंगामा गर्ने ठाउँ नै रहन्छ । चुनावमा जान्छ ।’

२३ भदौदेखि नेकपा एमालेले संसद बैठकमा निरन्तर अवरोध गर्दै आएको छ । माधव नेपालसहितका २३ सांसदलाई पार्टीले निष्कासनको कारबाही गरेर संसदलाई जानकारी गराउँदा सभामुख अग्निप्रसाद सापकोटाले सूचना टाँस नगरेको विषय उठाएर एमालेले संसद अवरोध गरिरहेको छ ।

 

Tags

छुटाउनु भयो कि ?