युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग युक्रेनलाई थप लडाकू विमान दिन अपिल गरेका छन् ।
शनिबार राती किभबाट देशलाई सम्बोधन गर्दै
उनले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग युक्रेनलाई थप लडाकू विमान दिन अपिल पनि गरे ।
उनले अमेरिकासँग रुस समर्थित लडाकू विमान दिन अनुरोध गरे ।यी विमानलाई युक्रेनका पाइलटले पनि चलाउन सक्ने कुरालाई उनले जानकारी दिए । युक्रेनलाई मिग लडाकू विमान प्रदान गर्नका लागि अमेरिकी अधिकारी पोल्याण्डका नेताको सम्पर्कमा भएको बताइन्छ ।
पोल्याण्डले सोभियत कालका लडाकू विमानको प्रयोग क्रमशः बन्द गरिरहेका छन् । यस्तोमा यी विमान युक्रेनलाई दिन सकिन्छ किनभने युक्रेनका पाइलटले पश्चिम देशमा निर्मित विमानलाई उडाउन प्रशिक्षण पाएका छैनन् ।