बिहीबार भएको सत्ता गठबन्धनको बैठकमा मिलेरै आगामी स्थानीय तहको चुनावमा जानेबारे छलफल भएको छ ।
उक्त छलफलमा प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति सेरबहादुर देउवाले अघिल्लो चुनावमा गठबन्धनभित्रका जुन दलको स्थानीय तहमा बलियो उपस्थिति रहेको छ उही दललाई उम्मेदवार दिन सकिने गठबन्धन कमजोर भएको स्थानमा चाहिँ छलफलका आधारमा साझा उम्मेदवार खडा गर्न सकिने देउवाले धारणा राखेका छन् । यसबारे माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शुक्रबारको केन्द्रीय समिति बैठकमा पनि ब्रिफिङ गरेको एक नेताले दाबी गरे ।
यद्यपि स्थानीय तहको हकमा बढी स्थानीय तहलाई नै सक्रिय पारिनुपर्नेमा पनि गठबन्धनमा कुरा आएको छ ।