नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुने भएको छ । पार्टीको आठौँ राष्ट्रिय महाधिवेशनले १५ सदस्यीय पदाधिकारीमा अध्यक्षमा मात्रै चयन गरेकाले बाकी अरू पदाधिकारीको टुंगो लगाउने तयारी भइरहेको बताइएको छ ।
गएको पुस ११ देखि १३ गतेसम्म भएको पार्टीको आठौँ राष्ट्रिय महाधिवेशन पदाधिकारी चयन नै नगरी टुंगिएको थियो । केन्द्रीय कमिटी मात्रै गठन भएको थियो । केन्द्रीय कमिटी बैठकले प्रचण्डलाई पुनः अध्यक्षमा निर्वाचित गरेको थियो ।
१५ सदस्यीय पदाधिकारीमा अध्यक्षमा मात्रै चयन भएका छन् । त्यसपछि बोलाइएका केन्द्रीय कमिटी बैठक कोभिड–१९ र राजनीतिक कारण देखाउँदै स्थगित गरिएको थियो । माओवादी केन्द्रमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्ष रहने व्यवस्था छ ।
बैठक आजदेखि काठमाडौंको राष्ट्रिय सभागृहमा बस्ने भएको छ ।