News in Nepali

आणविक हतियार सहितको तेस्रो विश्वयुद्ध हुन सक्ने रुसका विदेश मन्त्रीको भनाइ

Lumbinikhabar Online

रुसले पश्चिमा देशका केही नेताहरूले आणविक युद्धमा जान उक्साइरहेको कारण तेस्रो विश्व युद्ध हुन सक्ने बताएको छ ।

आज बिहीवार मस्कोमा भएको पत्रकार सम्मेलनमा रुसका विदेश मन्त्री सर्गेई लाभरोभले पश्चिमा देशका केही नेताहरूले आणविक युद्धमा जान उक्साइरहेको भन्दै अब यसकै कारणबाट आणविक हतियारसहितको तेस्रो विश्वयुद्धको जोखिम रहेको बताएका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनका क्रियाकलाप र रुसमाथिको प्रतिबन्ध हेर्दा यसको विकल्प तेस्रो विश्वयुद्ध देखिएको लाभरोभको भनाइ छ । विदेश मन्त्री लाभरोभले आणविक हतियारसहितको तेस्रो विश्वयुद्ध हुने/नहुने विषय रुसको नभइ पश्चिमा देशको व्यवहारमा भर पर्ने बताएको कुरा समाचार माध्यमहरुले लेखेका छन् ।

यदि रुसविरुद्ध पश्चिमाहरूले साँच्चै युद्ध चाहेको भए उनीहरूले आणविक हतियारसहितको तेस्रो विश्वयुद्धबारे पनि सोचेको हुन सक्ने उनको भनाइ छ ।

Tags

छुटाउनु भयो कि ?