काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–५ स्थित प्लटिङमा मृत भेटिएका ३२ वर्षीय मानबहादुर राउतको हत्या भएको खुलेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले हत्या आरोपमा दुईजनालाई पक्राउ गरेको छ ।
प्रहरिका अनुसार हत्यामा संलग्न भएको अभियोगमा स्थानीय विष्णुमती दुलाल गाउँ बस्ने २४ वर्षीय याकुभ चौधरी र लिबुकोट बस्ने १८ वर्षीय करण पासवान पक्राउ परेका छन् ।
फागुन १६ मा साँझ ९ बजे घरबाट निस्केका जुम्लाका मानबहादुर मंगलबार मृत भेटिएका थिए । टोखास्थित चण्डेश्वरी मन्दिर नजिकै परिवारसँग बस्ने राउत मजदुर हुन् । डेराबाट करिब ३ किलोमिटर पर उनी मृत फेला परेका हुन्
प्रहरीका अनुसार राउतको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ । उनीहरुले बयानका क्रममा राउतलाई बाँसले टाउकोमा हानेको भनेका छन् ।
अनुसन्धान अधिकृतहरुका अनुसार याकुभ र करणलाई मृतक राउतले ३५ हजार रुपैयाँ दिनुपर्ने थियो । त्यो दिन नमानेपछि झगडा परेको र त्यही क्रममा ज्यान रहेको हुनसक्ने देखिएको अधिकृतहरु बताउँछन् ।