सत्तारुढ गठबन्धन दलका नेताहरु बिच बिहीबार विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसेको छ ।
उक्त बैठकमा सत्ता गठबन्धनले घोषणा गरेको साझा न्युनतम कार्यक्रमलाई कार्यन्वयन गर्न केन्द्रित हुनुपर्ने बैठकले निर्णय गरेको बताइएको छ ।
यस्तै ,बैठकले अहिलेसम्मका काम कारबाहीको समीक्षा गर्दै आगामी दिनमा गठबन्धनलाई कसरी अगाडि बढाउने र नजिकिदै गरेको स्थानीय तहको निर्वाचनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा पनि छलफल गरेको स्रोतले जनाएको छ ।